राष्ट्रिय बाणिज्य बैंक नयाँ बानेश्वरबाट लुटिएको सुन पब्लीकको भएको खुलासा
Author
Nepse trading

राष्ट्रिय बाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट ठूलो मात्रामा सुन लुटिएको घटना सार्वजनिक भएको छ। यस घटनामा बैंकमा सुन कर्जा राखेका ग्राहकहरू अहिले तनावमा देखिएका छन्। कती ग्राहकहरूले आफूले राखेको सुनलाई माइतीको चिनो भएको भन्दै चिन्ता व्यक्त गरेका छन्। यस घटनाबाट सुनको क्षतिपूर्ति के हुने भन्ने अझै अन्योल कायमै छ।
बैंकले भने, लुटिएको दिनको बजार मूल्यमा रकम दिने बताएको छ, तर गहना बनाउँदा हुने ज्याल र जर्तीको मूल्य के हुने भन्ने विषयमा अझै स्पष्टता छैन। पीडित एक ग्राहकले भने, "मेरो बुढीको विहाको सुन थियो, त्यो सबै लुटियो," र आफ्नो सुनको तौल घटाएर साढे छ तोला मात्र बाँकी रहेको बताएका छन्।
यस घटनामा १८ केजी सुन र ५ करोड रकम चोरी भएको जानकारी आएको छ। यस घटना जेन जेडका आन्दोलनका कारण घुसपैठ हुँदा भएको हो। बैंकको धितो राख्नका लागि ८ वटा लकर रहेका थिए, जसमा एउटा लकरको ताला फोरेर चोरी गरिएको हो। यस घटनाले बैंकका ग्राहकहरू र पब्लिक बीच ठूलो असन्तोष र चिन्ता फैलाएको छ।