·
स्वाभिमान लघुवित्तले १० प्रतिशत लाभांश घोषणा गर्यो
Author
NEPSE TRADING

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड (SMFBS) ले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। संस्थाले कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको हो, जसअन्तर्गत ९.५ प्रतिशत बोनस शेयर र ०.५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) समावेश गरिएको छ। फागुन १५ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।




