रिलायन्स स्पिनिङ मिल्सको शेयर बुक–बिल्डिङ प्रक्रियाबारे छानबिन समिति गठन
Author
NEPSE TRADING

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको शेयर बुक–बिल्डिङ प्रक्रियाबाट निष्कासन गर्ने क्रममा भएका काम–कारबाहीका सम्बन्धमा निष्पक्ष छानबिन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले समिति गठन गरेको छ।
बोर्डको मिति २०८२/०९/०४ गतेको निर्णयअनुसार १५ दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारीसहित उक्त समिति गठन गरिएको हो। समितिको संयोजकमा बोर्ड सदस्य श्री बिनोद कुमार भट्टराई रहनुभएको छ भने सदस्यमा बोर्ड सदस्यहरू श्री आनन्द राज शर्मा वाग्ले र श्री पिताम्बर भण्डारी रहनुभएको छ।
समितिलाई आवश्यकताअनुसार अन्य व्यक्ति तथा सरोकारवालालाई समेत आमन्त्रण गर्न सक्ने अधिकार दिइएको सेबोनले जनाएको छ। रिलायन्स स्पिनिङ मिल्सको शेयर निष्कासन प्रक्रिया पारदर्शी र निष्पक्ष भए–नभएको विषयमा अध्ययन गरी सुझावसहित प्रतिवेदन पेश गर्ने समितिको जिम्मेवारी रहेको छ।


