रिज लाईन इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न, गोलाप्रथामार्फत १ लाख १८ हजार आवेदकलाई शेयर वितरण
Author
NEPSE TRADING

फागुन १४ गते, बिहीबार, रिज लाईन इनर्जी लिमिटेड को सर्वसाधारणतर्फ निष्काशन गरिएको आईपीओ बाँडफाँट गरिएको छ। कम्पनीले माघ २८ गतेदेखि फागुन ४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ लाख ८० हजार २६० कित्ता साधारण शेयर सार्वजनिक निष्काशन गरेको थियो, जसको कुल रकम ११ करोड ८० लाख २६ हजार रुपैयाँ बराबर रहेको थियो। सो आईपीओमा उल्लेख्य आकर्षण देखिँदै २५ लाख ३७ हजार ३०१ जना आवेदकबाट २ करोड ७१ लाख ३२ हजार २३० कित्ताका लागि आवेदन परेको थियो। मागभन्दा धेरै आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिकाअनुसार गोलाप्रथा (लटरी) प्रणालीमार्फत शेयर बाँडफाँट गरिएको हो। बाँडफाँट परिणामअनुसार १ लाख १८ हजार २६ जना आवेदकले न्यूनतम १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने बाँकी आवेदक हात खाली भएका छन्।



