·

माथिल्लो मस्र्याङ्दी–ए जलविद्युत आयोजनाबाट ३ अर्ब युनिटभन्दा बढी विद्युत् उत्पादन

Author

NEPSE trading

माथिल्लो मस्र्याङ्दी–ए जलविद्युत आयोजनाबाट ३ अर्ब युनिटभन्दा बढी विद्युत् उत्पादन

लमजुङको मस्र्याङ्दी गाउँपालिका–८, भुलभुलेस्थित ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी–ए जलविद्युत आयोजनाले शुक्रबार साँझसम्ममा ३ अर्ब युनिट (किलोवाट–घण्टा) भन्दा बढी विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा आपूर्ति गरेको छ।

चीनको बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रोपावर कम्पनीको ९० प्रतिशत र नेपाली सगरमाथा पावर कम्पनीको १० प्रतिशत लगानीमा सन् २०१३ बाट निर्माण थालिएको यस आयोजना सन् २०१६ सेप्टेम्बरमा सम्पन्न भई २०१७ जनवरी १ देखि व्यावसायिक उत्पादनमा आएको हो। आयोजना निर्माणका लागि करिब १६ अर्ब रुपैयाँ लागत लागेको थियो।

उत्पादन प्रविधि विभागका प्रमुख तोङ चियाङ्पोका अनुसार वार्षिक ३ करोड ३५ लाख किलोवाट–घण्टाको अपेक्षाभन्दा बढी, ३ करोड ७३ लाख किलोवाट–घण्टा विद्युत् उत्पादन भएको छ। सन् २०२४ मा मात्र आयोजनाले ३७ करोड ४० लाख युनिट विद्युत् उत्पादन गर्दै वार्षिक लक्ष्यको १०७ प्रतिशत र सम्झौता उत्पादनको ११७.१ प्रतिशत उपलब्धि हासिल गरेको छ।

रन–अफ–रिभर प्रकारको यस आयोजनाबाट उत्पादित विद्युत् काठमाडौं, पोखरा लगायतका क्षेत्रमा आपूर्ति हुँदै आएको छ, जसले विशेषगरी सुख्खा मौसममा देखिने विद्युत् अभाव न्यूनीकरणमा महत्वपूर्ण योगदान गरेको छ।

नेपाल विद्युत् प्राधिकरणसँग अमेरिकी डलर प्रति युनिट ७ सेन्ट (करिब ७ रुपैयाँ) मा २०५२ सालमा पिपिए सम्झौता भएको यस आयोजनाले २० किलोमिटर लामो १२५ केभी प्रसारण लाइन आफैं निर्माण गरेको थियो। साथै, स्थानीय विकासमा योगदान स्वरूप ३४० मिटर लामो सुरुङ मार्ग, मस्र्याङ्दी नदीमा बेलिब्रिज, सडक निर्माण लगायतका परियोजना सम्पन्न गरेको छ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार, सुरुङ मार्गले स्थानीय आवतजावतसँगै पर्यटन प्रवर्द्धनमा समेत टेवा पु¥याएको छ। आयोजना पछिल्ला आठ वर्षदेखि सुरक्षा र उत्पादन दुवै दृष्टिले स्थिर र सफल रहँदै आएको दाबी गरिएको छ।

Related News