·

युनिलिभर नेपालको सेयर हालसम्मकै उच्च विन्दुमा

Author

NEPSE trading

युनिलिभर नेपालको सेयर हालसम्मकै उच्च विन्दुमा

युनिलिभर नेपाल लिमिटेडको सेयर मूल्य अल टाइम हाई विन्दुमा पुगेको छ। बिहीबार १० प्रतिशतले वृद्धि भई यसको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यो समाचार तयार पार्दा (२ बजे) यसको प्रतिकित्ता सेयर मूल्य ४७,६१४.७० रुपैयाँ पुगेको छ। आज यसको मूल्य १० प्रतिशत अर्थात् ४,३२८.६० रुपैयाँले बढेको छ। बुधबार १० प्रतिशतले बढेको युनिलिभरको सेयर बिहीबार पनि त्यही गतिमा बढेको हो।

मार्केट डेफ्टमा २०९ कित्ता खरिद र ११० कित्ता बिक्री अर्डर देखिएको छ। कम्पनीले आफ्नो अधिकृत पुँजी बढाएको सूचना जारी गरेसँगै यसको सेयरमा उच्च खरिद चाप परेको हो। युनिलिभर नेपाल नेप्सेमा सूचीकृत कम्पनीहरु मध्ये सबैभन्दा महँगो सेयर भएको कम्पनी हो। यस अवधिमा ४०१ कित्ता सेयर किनबेच भएको छ।

यसअघि, गत मंसिर ११ गते यसको सेयर भाउ इन्ट्रा डे ४५,१५१ को उच्च विन्दुमा पुगेको थियो।

Related News