·

एसवाई प्यानल नेपालको आईपीओमा आवेदन दिने अन्तिम दिन आज

Author

NEPSE TRADING

एसवाई प्यानल नेपालको आईपीओमा आवेदन दिने अन्तिम दिन आज

एसवाई प्यानल नेपाल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि असोज ७ गतेदेखि खुला गरेको साधारण शेयर (IPO) मा आवेदन दिने आज (असोज १० गते) अन्तिम दिन रहेको छ। कम्पनीले १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको जारी पूँजीको ४० प्रतिशत अर्थात ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो।

यस मध्ये १० प्रतिशत, अर्थात ४ लाख ९७ हजार ९२ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्काशन गरिएको हो। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

कम्पनीलाई इक्रा नेपालले इक्राएनपी इश्युअर रेटिङ्ग डबल बी प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्।

Related News