तेह्रथुम पावर कम्पनीको आठौं वार्षिक साधारण सभा कार्तिक १७ गते हुने
Author
NEPSE TRADING

काठमाडौं, असोज २८ — तेह्रथुम पावर कम्पनी लिमिटेडले आफ्नो आठौं वार्षिक साधारण सभा (8th AGM) बोलाएको छ। कम्पनीको सञ्चालक समितिको ५८औं बैठकले गरेको निर्णयअनुसार साधारण सभा मिति २०८२ साल कार्तिक १७ गते (सोमबार) दिनको १२:३० बजे काठमाडौँको अनुपम फुडल्याण्ड एण्ड बैंक्वेट, बतिसपुतलीमा आयोजना हुने भएको हो।
कम्पनीले सार्वजनिक सूचना जारी गर्दै सबै शेयरधनी तथा सरोकारवालाहरुलाई सभामा उपस्थित भइ सहभागिता जनाउन अनुरोध गरेको छ।
सभामा छलफलका लागि निम्न प्रस्तावहरू प्रस्तुत गरिने छन् —
आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन अनुमोदन गर्ने।
सोही आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा–नोक्सान विवरण तथा नगद प्रवाह विवरण छलफल गरी स्वीकृत गर्ने।
कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षकको नियुक्ति तथा उनको पारिश्रमिक निर्धारण गर्ने।
आवश्यक परेमा नियमनकारी निकायबाट प्राप्त निर्देशनका आधारमा कुनै संशोधन वा परिवर्तन गर्न सञ्चालक समितिलाई पूर्ण अधिकार प्रदान गर्ने।
अन्य विविध विषयहरूमा छलफल गर्ने।
कम्पनीले जानकारी दिएको अनुसार साधारण सभामा भाग लिन चाहने शेयरधनीहरूले कम्पनीको रजिष्टर्ड कार्यालयबाट प्रवेशपत्र प्राप्त गर्नुपर्नेछ। साथै, कात्तिक १२ गतेदेखि शेयर दर्ता पुस्तिका बन्द हुनेछ, जसअनुसार कात्तिक ११ गतेसम्म नाम दर्ता भएका शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन्।



