·

सुपर मादीले शेयरधनीका लागि ५% बोनस सेयर घोषणा

Author

NepseTrading

सुपर मादीले शेयरधनीका लागि ५% बोनस सेयर घोषणा

सुपर मादी हाइड्रोपावर लिमिटेडले आफ्नो १६औँ वार्षिक साधारणसभाभन्दा अघि सेयरधनीहरूको लागि लाभांश प्रस्ताव सार्वजनिक गरेको छ।

मंसिर ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकको प्रस्तावअनुसार कम्पनीले हालको २ अर्ब २० करोड ५० लाख रुपैयाँ चुक्ता पुँजीमा ५ प्रतिशत बोनस सेयर वितरण गर्नेछ।

उक्त लाभांश योजना १६औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीहरूले प्राप्त गर्नेछन्। यो प्रस्तावले लगानीकर्तामा कम्पनीप्रति थप विश्वास जगाउने अपेक्षा गरिएको छ।

Related News