·

श्रीनगर एग्रीटेक इन्डष्ट्रीजले उद्योग प्रभावित क्षेत्रका लागि जारी साधारण शेयर बाँडफाँड सम्पन्न

Author

NEPSE TRADING

श्रीनगर एग्रीटेक इन्डष्ट्रीजले उद्योग प्रभावित क्षेत्रका लागि जारी साधारण शेयर बाँडफाँड सम्पन्न

श्रीनगर एग्रीटेक इन्डष्ट्रीज लिमिटेड ले रुपन्देही र पाल्पा जिल्लाका उद्योग प्रभावित स्थानीय बासिन्दाहरूका लागि जारी गरिएको साधारण शेयरको बाँडफाँड सम्पन्न गरेको छ।

नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा कम्पनीले १,६३,१२५ कित्ता साधारण शेयर प्रति कित्ता रु. १०० अंकित दरमा निष्काशन गरेको थियो। यो शेयर २०८२ भदौ ११ गतेदेखि भदौ २५ गतेसम्म आवेदनका लागि खुला गरिएको थियो। तर, भदौ २३ गते Gen-Z आन्दोलनका कारण स्थानीय प्रशासनले निषेधाज्ञा/कर्फ्यु जारी गरेपछि दुई दिन संकलन केन्द्र बन्द हुन पुगेको थियो। त्यसपछि आवेदन दिने अवधि भदौ ३० र ३१ गतेसम्म थप गरिएको थियो।

कुल ३,७७७ जना आवेदकहरूले रितपूर्वक दिएको आवेदनका आधारमा, प्रचलित कानूनअनुसार मिति २०८२ असोज ९ गते, बिहीबार बाँडफाँड सम्पन्न गरिएको कम्पनीले जनाएको छ।

बाँडफाँडको विवरण नबिल इन्भेष्टमेन्ट बैंकिङको आधिकारिक वेबसाइट www.nabilinvest.com.np मार्फत हेर्न सकिनेछ। साथै, जसका आवेदन आंशिक वा असफल भएका छन्, तिनको रकम २०७९ असोज १२ गतेदेखि (आइतबार) सम्बन्धित बैंक खातामा फिर्ता गर्ने व्यवस्था मिलाइएको पनि सूचनामा उल्लेख गरिएको छ।

यस बाँडफाँडसँगै उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले औपचारिक रूपमा शेयर स्वामित्व पाएका छन्।

Related News