·

शिव श्री हाइड्रोपावरले हकप्रद सेयर आवेदन अवधि असोज २३ गतेसम्म थप

Author

NEPSE TRADING

शिव श्री हाइड्रोपावरले हकप्रद सेयर आवेदन अवधि असोज २३ गतेसम्म थप

शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेड (SSHL) ले आफ्ना सेयरधनीका लागि शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने अवधि थप गरेको छ। कम्पनीले भदौ १९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा अब असोज २३ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले हाल कायम १ कित्ता बराबर नयाँ १ कित्ता (१:१ अनुपात) हकप्रद सेयर निष्काशन गर्दैछ। यसअनुसार कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यका १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर निष्काशनमा ल्याएको हो, जसको कुल मूल्य करिब १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ हुन्छ।

यस प्रयोजनका लागि कम्पनीले साउन १६ गते बुकक्लोज गरेको थियो। त्यसैले साउन १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन्। कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले आईआरएन सिंगल बी माइनस रेटिङ्ग दिएको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा उच्च जोखिम रहेको देखाउँछ।

कम्पनीको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सिटिजन्स बैंक इन्टरनेशनलका विभिन्न शाखा कार्यालय, सहभागी बैंक तथा वित्तीय संस्थामा उपलब्ध सि आस्बा सेवामार्फत, वा ‘मेरो शेयर’ अनलाइन प्रयोग गरेर आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४७ करोड ६५ लाख रुपैयाँ रहेको छ, जुन हकप्रद वितरणपछि २ अर्ब ९५ करोड २८ लाख रुपैयाँ पुग्नेछ। संकलन भएको रकम कम्पनीले बैंक ऋण भुक्तानीका लागि प्रयोग गर्ने जनाएको छ।

Related News