·
सयपत्री हाइड्रोपावरको हकप्रद शेयर अनुपात संशोधन : अब १ः०.७४ अनुपातमा मात्र हकप्रद शेयर निष्कासन गर्न
Author
NEPSE TRADING

सयपत्री हाइड्रोपावर लिमिटेडले निष्कासन गर्न लागेको हकप्रद शेयरको अनुपात संशोधन भएको छ। कम्पनीले असार २१ गते सम्पन्न वार्षिक साधारणसभाबाट चुक्ता पुँजीको १ः१ अनुपातमा (शतप्रतिशत) हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो र सोका लागि विद्युत् नियमन आयोगमा निवेदन दिएको थियो।
तर आयोगले भदौ २० गते दिएको स्वीकृतिअनुसार कम्पनीले अब १ः०.७४ अनुपातमा मात्र हकप्रद शेयर निष्कासन गर्न पाउने भएको छ।
यसअनुसार कम्पनीले आयोगले तोकेको नयाँ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रक्रिया अघि बढाउने जनाएको छ।



