सानिमा बैंकको नाफा बढ्यो, वित्तीय सूचकमा मिश्रित परिणाम
Author
NEPSE TRADING

सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफामा वृद्धि भएको जनाएको छ। बैंकले समीक्षावधिमा २ अर्ब ५७ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७.२५ प्रतिशतले बढी हो। खुद ब्याज आम्दानी ६ अर्ब ३५ करोड ५९ लाख रुपैयाँ पुगेको छ, जुन २.८२ प्रतिशत वृद्धि हो, भने सञ्चालन मुनाफा २.९७ प्रतिशतले बढेर ३ अर्ब ५७ करोड ४१ लाख रुपैयाँ पुगेको छ। यद्यपि, इम्पेरमेन्ट चार्ज १ अर्ब ८८ करोड ९१ लाख रुपैयाँ पुगेपछि नाफामा अपेक्षाकृत वृद्धि हुन सकेन।
बैंकको खराव कर्जाको अनुपात १.५१ प्रतिशत बिन्दुले बढेर ३.०१ प्रतिशत पुगेको छ। प्रतिशेयर आम्दानी (EPS) १८ रुपैयाँ ९३ पैसा, प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ ८३ पैसा, र मूल्य–आम्दानी अनुपात (P/E Ratio) १९.८० गुणा रहेको छ। असार मसान्तसम्ममा बैंकको निक्षेप संकलन २ खर्ब २३ अर्ब ९५ करोड रुपैयाँ र कर्जा प्रवाह १ खर्ब ७६ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ। चुक्ता पूँजी १३ अर्ब ५८ करोड रुपैयाँ, रिर्टन्ड अर्निङ २ अर्ब ७८ करोड रुपैयाँ, तथा जगेडा कोषमा ६ अर्ब ५६ करोड रुपैयाँ सञ्चित छ।



