साहस उर्जा लिमिटेडले २१% बोनस र १.१०५३% नगद लाभांश घोषणा, सय प्रतिशत हकप्रद शेयर जारी गर्ने योजना
Author
NEPSE TRADING

साहस उर्जा लिमिटेड (SAHAS) ले आफ्ना शेयरधनीहरूलाई आकर्षक लाभांश प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक समितिको २०८२ कार्तिक २४ गते बसेको बैठकले २१ प्रतिशत बोनस शेयर र १.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। नगद लाभांशको हिस्सा बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि प्रयोग गरिनेछ। साथै, कम्पनीले बोनस शेयर जारी भइसकेपछि चुक्ता पुँजी समायोजनको आधारमा १:१ अनुपातमा सय प्रतिशत हकप्रद शेयर जारी गर्ने योजना पनि सार्वजनिक गरेको छ। उक्त प्रस्ताव विद्युत नियमन आयोगको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभामा अन्तिम स्वीकृतिका लागि प्रस्तुत गरिनेछ। हकप्रदबाट उठ्ने रकम अन्य जलविद्युत् परियोजनामा लगानी गरिने कम्पनीले जनाएको छ।



