·

सागर डिष्टिलरीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँड सम्पन्न

Author

NEPSE TRADING

सागर डिष्टिलरीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँड सम्पन्न

सागर डिष्टिलरी लिमिटेडले शुक्रबार वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको साधारण शेयर (आईपीओ) बाँडफाँड सम्पन्न गरेको छ। नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त गरेका नेपालीहरूलाई लक्षित गरी निष्कासन गरिएको यस आईपीओमा कम्पनीले एक लाख ४५ हजार २०० कित्ता शेयर उपलब्ध गराएको थियो।

बाँडफाँडमा १४ हजार ५२० जना आवेदकले प्रत्येकी १०/१० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। कम्पनीले प्रति कित्ता १०० रुपैयाँको दरमा गत साउन २८ गतेदेखि भदौ १ गतेसम्म आवेदन खुला गरेको थियो।

यो आईपीओको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले अब सर्वसाधारणका लागि पनि आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ।

Related News