रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्वसाधारणतर्फ ३३ गुणा बढी आवेदन परेको छ
Author
NEPSE TRADING

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्वसाधारणतर्फ ३३ गुणा बढी आवेदन परेको छ। कम्पनीले खुला गरेको आईपीओको कुल ९ लाख २४ हजार ७ सय ६८ कित्ताका लागि आवेदन माग गरिएको थियो, जसको अन्तिम समय शुक्रबारसम्म ३ करोड ५ लाख ४ हजार ८ सय कित्ताका लागि आवेदन प्राप्त भएको छ।
यस आईपीओमा २५ अर्ब ३ करोड ८३ लाख ३९ हजार ८ सय ४० रुपैयाँ संकलन भएको छ, जुन नेपालका पूँजीबजारका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो आवेदन संख्या र संकलित रकम हो।
कम्पनीले ७ पुसमा यस आईपीओको पहिलो चरणमा ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६ सय ४० कित्ता सेयर योग्य संस्थागत लगानीकर्ताहरूलाई बाँडफाँट गरिसकेको छ।
सर्वसाधारण समूहका लागि ६० प्रतिशत अर्थात् ११ लाख ५५ हजार ९ सय ६० कित्तामा आवेदन खुला गरिएको थियो। यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँकी रहेको ९ लाख २४ हजार ७ सय ६८ कित्ता सर्वसाधारणलाई खुला गरिएको हो।
सर्वसाधारण समूहमा अत्यधिक आवेदन परेको कारण, आवेदन अवधि लम्ब्याउने कुनै आवश्यकता नपरेको कम्पनीको भनाइ छ।
ग्लोबल आईएमई क्यापिटल लिमिटेडको प्रबन्धकत्वमा जारी भएको यस आईपीओले पहिलो दिनको ४० मिनेटमै 'ओभर सब्स्क्राइब' भएको थियो। यसपछि पनि लगानीकर्ताहरूको आकर्षणमा कमी नआउँदा, यसले नेपाली पूँजीबजारमा नयाँ इतिहास रच्न सफल भएको छ।
कम्पनीले १ अर्ब ९० लाखको पूँजीको १०.१४ प्रतिशत अर्थात् १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको १९ लाख २६ हजार ६ सय कित्ता सेयर निष्कासन गरेको हो।



