·

राधी विद्युतको नाफा ८१२% ले उकालो, प्रतिशेयर आम्दानी ६० रुपैयाँ ५८ पैसा

Author

NEPSE TRADING

राधी विद्युतको नाफा ८१२% ले उकालो, प्रतिशेयर आम्दानी ६० रुपैयाँ ५८ पैसा

राधी विद्युत कम्पनी लिमिटेड (RADHI) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ६० रुपैयाँ ५८ पैसामा पुगेको छ, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५३ रुपैयाँ ६२ पैसाले वृद्धि भएको हो। नाफा उल्लेख्य बढेपछि कम्पनीको ईपीएस समेत उच्च दरमा बढेको देखिन्छ।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा ८११.६३ प्रतिशतले वृद्धि भई ३ करोड ५ लाख रुपैयाँबाट बढेर २७ करोड ८५ लाख रुपैयाँ पुगेको छ। विद्युत बिक्री आम्दानी ४.४६ प्रतिशतले बढेर ४ करोड ६ लाख रुपैयाँ पुगेको छ भने अन्य आम्दानी ३५ करोड ७० लाख रुपैयाँ पुगेको छ। यस कारण कम्पनीको सञ्चालन मुनाफा १ हजार ३९६.०८ प्रतिशतले उकालो लागेको हो। पहिलो त्रैमासको अन्त्यमा कम्पनीको प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ८४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात (P/E ratio) १०.४३ गुणामा झरेको छ। कम्पनीको चुक्ता पूँजी १ अर्ब ८३ करोड ८९ लाख रुपैयाँ र सञ्चित नाफा ९७ करोड ५१ लाख रुपैयाँ रहेको छ।

Related News