पियोर इनर्जी लिमिटेडको सामूहिक लगानी कोषको शेयर लक–इन अवधि समाप्त हुँदै
Author
NEPSE TRADING

पियोर इनर्जी लिमिटेड ले सामूहिक लगानी कोषका लागि छुट्याइएको साधारण शेयरको लक–इन अवधि समाप्त हुने सूचना प्रकाशित गरेको छ।
नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार कम्पनीले आ.व. २०८२ साल वैशाख ११ गते सार्वजनिक निष्काशनमार्फत १६ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो। यसमध्ये बाँके जिल्लाका आयोजना प्रभावित स्थानीयलाई २ प्रतिशत (१ लाख ६० हजार कित्ता) र सामूहिक लगानी कोषलाई ५ प्रतिशत (७२ हजार कित्ता) शेयर वितरण गरिएको थियो।
कम्पनीले जनाएको अनुसार, यी सामूहिक लगानी कोषका लागि छुट्याइएका शेयरहरूको लक–इन अवधि निष्काशन मितिले ६ महिना पूरा भएसँगै आगामी कार्तिक ११ गते (२०२५ अक्टोबर २८) मा समाप्त हुनेछ।
यससम्बन्धी जानकारीका लागि कम्पनीले सम्पूर्ण नियामक निकाय, शेयरधनी तथा सरोकारवालाहरुलाई अवगत गराएको छ।



