आरबिबि म्युचुअल फण्ड अन्तर्गत ‘आरबिबि फोकस ४०’ इकाई निष्काशन खुला
Author
NEPSE TRADING

आबिबि मर्चेन्ट बैंकिङ लिमिटेडले आजदेखि आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हुने सामूहिक लगानी कोष ‘आरबिबि फोकस ४०’ को इकाई सार्वजनिक निष्काशन खुला गरेको छ।
कम्पनीले प्रतिइकाई अंकित मूल्य १० रुपैयाँका दरले एक अर्ब रुपैयाँ बराबरका १० करोड इकाई निष्काशन गर्न लागेको हो।
यसमा न्यूनतम १ करोड ४० लाख इकाई (१४ प्रतिशत) राष्ट्रिय वाणिज्य बैंक (कोष प्रबर्द्धक) का लागि र न्यूनतम १० लाख इकाई (१ प्रतिशत) आरबिबि मर्चेन्ट बैंकिङ (योजना व्यवस्थापक) का लागि सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाईका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
निवेशकहरूले यस योजनामा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ। सार्वजनिक निष्काशन छिटोमा भदौ २२ गते र ढिलोमा असोज १ गतेसम्म बन्द हुनेछ।



