·

पुस ७ गते सिटिजन लाइफ र HIDCL को लाभांश सुरक्षित गर्ने अन्तिम दिन

Author

NEPSE TRADING

पुस ७ गते सिटिजन लाइफ र HIDCL को लाभांश सुरक्षित गर्ने अन्तिम दिन

पुस ७ गते, सोमबार, Citizen Life InsuranceHydroelectricity Investment and Development Company (HIDCL) का शेयरधनीहरूका लागि लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यी दुवै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस ८ गते बुकक्लोज गर्ने भएका छन्। यसअनुसार पुस ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले सम्बन्धित कम्पनीहरूको साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले पुस १८ गते, शुक्रबार, आम्रपाली ब्याङ्कवेट, भाटभटेनी, नक्साल, काठमाडौंमा आफ्नो नवौँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। सभा बिहान साढे ९ बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (HIDCL) ले पुस २१ गते, सोमबार, कार्की ब्याङ्कवेट, बबरमहल, काठमाडौंमा चौधौँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान १० बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित २ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

Related News