·

राष्ट्र बैंकले एटीएमबाट पैसा झिक्ने सीमामा कडाई गर्‍यो — अब एक दिनमा अधिकतम ५० हजार रुपैयाँ झिक्न पाइने

Author

NEPSE TRADING

राष्ट्र बैंकले एटीएमबाट पैसा झिक्ने सीमामा कडाई गर्‍यो — अब एक दिनमा अधिकतम ५० हजार रुपैयाँ झिक्न पाइने

नेपाल राष्ट्र बैंकले एटीएमबाट नगद निकासीको सीमा घटाउँदै नयाँ नियम लागू गरेको छ। अबदेखि एटीएमबाट एक पटकमा अधिकतम २० हजार रुपैयाँ मात्र निकाल्न सकिने भएको छ।

राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरूलाई सर्कुलर जारी गर्दै उक्त व्यवस्था लागू गर्न निर्देशन दिएको हो। नयाँ व्यवस्थाअनुसार एक दिनमा अधिकतम ५० हजार रुपैयाँ र एक महिनामा तीन लाख रुपैयाँसम्म मात्र एटीएमबाट झिक्न पाइनेछ।

राष्ट्र बैंकका अनुसार यो निर्णय डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले गरिएको हो। सर्कुलरमा बैंकहरूलाई डेबिट कार्डमार्फत हुने नगद कारोबार घटाउन र डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्न आग्रह गरिएको छ।

यसअघि एक पटकमा २५ हजार, दैनिक एक लाख र मासिक चार लाख रुपैयाँसम्म निकासी गर्न पाइन्थ्यो। अब नयाँ सीमा लागू भएपछि एटीएम प्रयोगकर्ताले सानो रकमकै लागि पनि बढी सावधानी अपनाउनुपर्ने देखिएको छ।

Related News