·

राष्ट्र बैंकले प्रभु टेक्नोलोजी र फस्ट पे टेक्नोलोजीको लाइसेन्स रद्द गर्‍यो

Author

NEPSE TRADING

राष्ट्र बैंकले प्रभु टेक्नोलोजी र फस्ट पे टेक्नोलोजीको लाइसेन्स रद्द गर्‍यो

काठमाडौं, असोज २४ गते — नेपाल राष्ट्र बैंकले एक भुक्तानी सेवा प्रदायक र एक भुक्तानी प्रणाली सञ्चालक कम्पनीको लाइसेन्स रद्द गरेको छ।

राष्ट्र बैंकका अनुसार, भुक्तानी सेवा प्रदायकतर्फ प्रभु टेक्नोलोजी प्रा.लि. र भुक्तानी प्रणाली सञ्चालकतर्फ फस्ट पे टेक्नोलोजी प्रा.लि. का लाइसेन्स रद्द गरिएका हुन्।

राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको सूचनामा भनेको छ — “प्रभु टेक्नोलोजी प्रा.लि.लाई मिति २०७६–११–११ मा प्रदान गरिएको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र ‘भुक्तानी तथा फस्र्योट ऐन, २०७५’ को दफा १३ (४) बमोजिम नवीकरण नगरिएको छ।”

त्यसैले, उक्त कम्पनीसँग कारोबार गर्ने वा बाँकी भुक्तानी भएका ग्राहकहरूले ३० दिनभित्र सम्बन्धित संस्थासँग सम्पर्क गर्नुपर्ने सूचनामा उल्लेख छ।

त्यस्तै, फस्ट पे टेक्नोलोजी प्रा.लि. को पनि भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र रद्द गरिएको छ। राष्ट्र बैंकले जनाएअनुसार, यो लाइसेन्स २०७६–११–१३ मा जारी गरिएको थियो र अहिले भुक्तानी तथा फस्र्योट ऐन, २०७५ को दफा १३ (६) बमोजिम रद्द गरिएको हो।

राष्ट्र बैंकले फस्ट पे टेक्नोलोजीसँग कारोबार बाँकी रहेका व्यक्तिहरूलाई पनि ३० दिनभित्र सम्पर्क गर्न आग्रह गरेको छ।

Related News