·

एनएमबि सरल बचत फण्ड–ई को नेभ सार्वजनिक, भदौ मसान्तमा १०.३४ रुपैयाँ कायम

Author

NEPSE TRADING

एनएमबि सरल बचत फण्ड–ई को नेभ सार्वजनिक, भदौ मसान्तमा १०.३४ रुपैयाँ कायम

एनएमबि क्यापिटल लिमिटेड अन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड–ई ले आर्थि‍क वर्ष २०८२ को भदौ मसान्तसम्मको शुद्ध सम्पत्ति मूल्य (NAV) सार्वजनिक गरेको छ।

प्रकाशित विवरणअनुसार, भदौ मसान्तमा फण्डको नेभ प्रतिइकाई रु. १०.३४ कायम भएको छ। अघिल्लो साउन महिनामा फण्डको नेभ रु. १०.५० रहेको थियो।

फण्डको कुल कोष आकार रु. १ अर्ब १० करोड ९० लाख भन्दा बढी रहेकोमा, यसमध्ये सूचीकृत कम्पनीका शेयरमा रु. ५३ करोड १९ लाख, बैंक निक्षेपमा रु. ४९ करोड ३५ लाख, तथा बैंक मौज्दातमा रु. ८ करोड ५ लाख लगानी भएको छ।

आम्दानीतर्फ, फण्डले भदौ महिनामा रु. २ करोड ५८ लाखभन्दा बढी आम्दानी आर्जन गरेको छ भने खर्चमा रु. १३ लाख ५६ हजार खर्च भएको देखिन्छ।

एनएमबि क्यापिटल लिमिटेडले फण्ड व्यवस्थापनमा पारदर्शिता कायम राख्दै, नियमित रूपमा लगानीकर्तालाई नेभ विवरण सार्वजनिक गर्ने जनाएको छ।

Related News