एनएमबि बैंकका संस्थापक शेयरधनीले ५ लाख ९८ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा ल्याए
Author
NEPSE TRADING

एनएमबि बैंक लिमिटेडका एक संस्थापक शेयरधनीले आफ्ना ५,९८,१४५ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन्। यसअघि बैंकको सञ्चालक समितिमा भएको निर्णयअनुसार, संस्थापक शेयर खरिद–बिक्री गर्दा बैंकका अन्य विद्यमान संस्थापक शेयरधनीलाई पहिलो प्राथमिकता दिने व्यवस्था भए पनि तोकिएको अवधिभित्र कुनै आवेदन नआएपछि शेयर सर्वसाधारण तथा इच्छुक संस्था/व्यक्तिलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइएको हो।
नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार सार्वजनिक सूचना प्रकाशित गरी खरिदका लागि इच्छुक व्यक्तिहरूलाई निवेदन दिन आह्वान गरिएको छ। इच्छुकहरूले तोकिएको समयसीमा भित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ।
एनएमबि बैंकले स्पष्ट पारे अनुसार, तोकिएको समयसीमा भित्र प्राप्त प्रस्तावका आधारमा मात्र शेयर खरिद–बिक्रीको प्रक्रिया अघि बढाइनेछ। खरिदका लागि आवेदन दिने व्यक्तिले सम्पूर्ण कागजात र प्रस्तावित मूल्य उल्लेख गरी बैंकको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा निवेदन दिनुपर्नेछ।



