·

एनएमबि बैंकले १०% लाभांश घोषणा, ५% बोनस र ५% नगद

Author

NEPSE TRADING

एनएमबि बैंकले १०% लाभांश घोषणा, ५% बोनस र ५% नगद

एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। मंसिर ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीमा १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

घोषित लाभांशमध्ये ५ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहनेछ। बैंकले जनाएको अनुसार नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र उक्त लाभांश दर औपचारिकरूपमा वितरण हुनेछ।

बैंकले निरन्तर लाभांश वितरणमार्फत शेयरधनीप्रति आफ्नो प्रतिबद्धता कायम रहेको जनाएको छ।

Related News