·

एनआईसी एशिया इक्विटी लिंक्ड स्किममा आवेदन अवधि बढाइयो, अब भदौ १२ सम्म

Author

NEPSE TRADING

एनआईसी एशिया इक्विटी लिंक्ड स्किममा आवेदन अवधि बढाइयो, अब भदौ १२ सम्म

एनआईसी एशिया क्यापिटल लिमिटेडले सञ्चालनमा ल्याएको “एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किम” को इकाई खरिदको आवेदन अवधि थपिएको छ। साउन २९ गतेदेखि बिक्री खुला गरिएको सो स्किममा अब लगानीकर्ताले भदौ १२ गतेसम्म आवेदन दिन सक्नेछन्।

यो खुलामुखी म्युचुअल फण्ड योजनाअन्तर्गत १० रुपैयाँ अंकित दरमा ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई सर्वसाधारणका लागि उपलब्ध गराइएको छ। कुल १० करोड इकाईमध्ये १५ प्रतिशत (१ करोड ५० लाख इकाई) एनआईसी एशिया बैंकलाई सुरक्षित गरिएको छ भने बाँकी ८ करोड ५० लाख इकाईमध्ये ५ करोड इकाई आम लगानीकर्ताका लागि राखिएको हो।

न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। तर बिक्री अवधिभित्र कम्तीमा ५० प्रतिशत इकाईको माग नपुगेमा योजना खारेज गरी १५ दिनभित्र आवेदनकर्तालाई रकम फिर्ता गरिनेछ।

यस योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड नै रहेको छ। लगानीकर्ताले मेरो शेयर वेब वा एपमार्फत तथा आश्वा सुविधा लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सक्नेछन्। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कोष प्रबर्द्धकलाई “IRN Triple B” रेटिङ दिएको छ भने इक्रा नेपालले योजना व्यवस्थापकलाई “CareNP AMC Quality 3+” रेटिङ प्रदान गरेको छ

Related News