·

नेप्सेले अनलाइन ट्रेडिङ सिस्टम मर्मतसम्भार सेवा सम्बन्धी ईओआई रद्द गर्यो

Author

NEPSE TRADING

नेप्सेले अनलाइन ट्रेडिङ सिस्टम मर्मतसम्भार सेवा सम्बन्धी ईओआई रद्द गर्यो

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले अनलाइन ट्रेडिङ सिस्टमको सपोर्ट तथा मर्मतसम्भार सेवा सम्बन्धी अभिरुचि पत्र (EOI) रद्द गरेको छ।

नेप्सेले सोमबार प्रकाशित गरेको सूचनाअनुसार गत साउन १६ गते (अगष्ट १, २०२५) गोरखापत्र दैनिक र सार्वजनिक खरिद प्रणाली (www.bolpatra.gov.np/egp) मा प्रकाशित गरिएको ईओआई सूचना सार्वजनिक खरिद नियमावली, २०६४ को दफा ७०(८) बमोजिम रद्द गरिएको हो।

यससँगै अनलाइन ट्रेडिङ सिस्टमको मर्मतसम्भार तथा प्राविधिक सहयोगका लागि आह्वान गरिएको प्रक्रिया अब अमान्य हुने नेप्सेले स्पष्ट पारेको छ।

नेप्सेले सरोकारवाला सम्पूर्ण पक्षलाई यो जानकारीमा लिन आग्रह गरेको छ।

Related News