नेप्सेले तीन म्युचुअल फण्डको इकाईमूल्य समायोजन
Author
NEPSE TRADING

भदौ ३ गते, मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले तीन म्युचुअल फण्डको इकाईमूल्य समायोजन गरेको छ। यस दिन सनराइज फोकस्ड इक्विटी फण्ड (SFEF), सनराइज फर्स्ट म्युचुअल फण्ड (SFMF) र लक्ष्मी उन्नती कोष (LUK) का इकाईमूल्य नयाँ दरमा तय भएका छन्।
समायोजनअनुसार, सनराइज फोकस्डमा १३.५० प्रतिशत, सनराइज फर्स्टमा १४ प्रतिशत र लक्ष्मी उन्नती कोषमा २० प्रतिशत प्रतिफल परिमार्जन गरिएको छ। यसपछि इकाईमूल्य क्रमशः सनराइज फोकस्डको ९ रुपैयाँ १ पैसा, सनराइज फर्स्टको ९ रुपैयाँ ४९ पैसा र लक्ष्मी उन्नती कोषको ९ रुपैयाँ ८१ पैसा कायम भएको छ।
अघिल्लो कारोबार दिन अर्थात सोमबार दोस्रो बजारमा यी फण्डहरूको अन्तिम मूल्य क्रमशः १० रुपैयाँ ३६ पैसा (SFEF), १० रुपैयाँ ८९ पैसा (SFMF) र ११ रुपैयाँ ८१ पैसा (LUK) थियो। यिनै आधारमा आजबाट दोस्रो बजारमा नयाँ मूल्य दरमा कारोबार सुरु हुनेछ।



