नेपाल पुनर्बीमा कम्पनी मुद्दती निक्षेपमा लगानी गर्न तयारी
Author
NEPSE TRADING

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्नो लगानीयोग्य रकमलाई नेपाल तथा अमेरिकन डलर मुद्दती निक्षेपमा लगानी गर्ने तयारी गरेको छ। कम्पनीले लगानी गर्ने रकमको विवरण भने सार्वजनिक गरेको छैन।
यस सम्बन्धमा रकम निक्षेपमा लिन इच्छुक क, ख तथा ग वर्गका बैंक तथा वित्तीय संस्थाले पाँच कार्यदिनभित्र गोप्य शिलबन्दी प्रस्ताव पेश गर्नुपर्नेछ।
बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम, प्रस्तावित ब्याजदर र भुक्तानीको तरिका स्पष्ट उल्लेख गरी प्रस्ताव पेस गर्नुपर्नेछ। उक्त प्रस्ताव नेपाल पूर्वाधार बैंकको केन्द्रीय कार्यालयमार्फत पेश गर्न सकिने व्यवस्था गरिएको छ।
शिलबन्दी प्रस्ताव फाराम भने कम्पनीको आधिकारिक वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ।



