राष्ट्र बैंकले बैंकहरूको मुद्दती निक्षेपमा ५ अर्ब ५५ करोड रुपैयाँ लगानी गर्ने
Author
NEPSE TRADING

नेपाल राष्ट्र बैंक ले बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा कुल ५ अर्ब ५५ करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकमलाई उपयोग गर्दै यो लगानी गर्न लागिएको हो। यसका लागि राष्ट्र बैंकले पुस १७ गते साँझ ७ बजेसम्म ब्याजदर प्रस्ताव पेश गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई आह्वान गरेको छ। कुल लगानी रकममध्ये ४ अर्ब ४४ करोड रुपैयाँ वाणिज्य बैंकमा, ८३ करोड २५ लाख रुपैयाँ राष्ट्रियस्तरका विकास बैंकमा र २७ करोड ७५ लाख रुपैयाँ राष्ट्रियस्तरका वित्त कम्पनीमा मुद्दती निक्षेपका रूपमा लगानी गरिनेछ। यो लगानी सन् २०२६ जनवरी ५ देखि २०२७ जनवरी ५ सम्म, ३६६ दिनको अवधिका लागि हुने राष्ट्र बैंकले जनाएको छ।


