·

राष्ट्र बैंकले आज ५० अर्ब निक्षेप खिच्दै

Author

NEPSE TRADING

राष्ट्र बैंकले आज ५० अर्ब निक्षेप खिच्दै

वित्तीय प्रणालीमा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ। राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरण (Deposit Collection Instrument) बोलकबोल प्रणालीमार्फत प्रयोग गर्दै निक्षेप संकलन गर्न लागेको हो।

हाल मुलुकको वित्तीय प्रणालीमा कुल निक्षेप ७२ खर्ब रुपैयाँ भन्दा बढी पुगेको छ। तरलता बढ्दै गएपछि ब्याजदर व्यवस्थापनका लागि केन्द्रीय बैंकले निरन्तर निक्षेप सङ्कलन उपकरण तथा स्थायी निक्षेप सुविधा (Standing Deposit Facility – SDF) मार्फत तरलता व्यवस्थापन गर्दै आएको छ।

आज हुने बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन्। यसरी संकलन गरिने निक्षेपको सावाँ तथा ब्याज रकम आगामी भदौ २९ गते भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ।

यस कदमलाई बजारमा रहेका बढी तरलता नियन्त्रण गर्ने र ब्याजदरलाई स्थिर राख्ने उपायका रूपमा लिइएको छ।

Related News