राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिका लागि राय तथा सुझाव
Author
NEPSE trading

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याउन लागिएको मौद्रिक नीतिका सन्दर्भमा राय तथा सुझाव माग गरेको छ।
सोमबार एक सार्वजनिक सूचना जारी गर्दै राष्ट्र बैंकले सम्बन्धित पक्षहरूलाई मौद्रिक नीतिमा समावेश हुन सक्ने विषयमा आफ्नो राय र सुझाव पठाउन आग्रह गरेको हो। इच्छुक व्यक्तिहरूले असार १० गतेभित्र राष्ट्र बैंकको अनुसन्धान विभागमा सुझाव दिन सक्नेछन्।
सुझाव पठाउने आधिकारिक इमेल ठेगाना [email protected] तोकिएको छ।
राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति साउन महिनामा सार्वजनिक गर्ने जनाएको छ। मौद्रिक नीति देशको समष्टिगत अर्थतन्त्रको दिशा निर्धारण गर्ने प्रमुख नीति भएकाले यसप्रति अर्थविद्, बैंकिङ क्षेत्र, व्यवसायी तथा सर्वसाधारण सबैको चासो रहँदै आएको छ।




