·

नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता बुझाउन अल्टिमेटम

Author

NEPSE TRADING

नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता बुझाउन अल्टिमेटम

नेपाल विद्युत प्राधिकरण (नेपा) ले डेडिकेटेड फिडर तथा ट्रंकलाइनमार्फत विद्युत लिएका उपभोक्ताहरुलाई बक्यौता बुझाउन कात्तिक १७ गतेसम्मको अन्तिम म्याद तोकेको छ।

प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले आइतबार सूचना प्रकाशित गर्दै बक्यौता महशुल तोकिएको समयमा नबुझाउने उपभोक्तामाथि कारबाही हुने चेतावनी दिएको हो। सो सूचना प्राधिकरण सञ्चालक समितिको असोज १० गतेको निर्णयअनुसार प्रकाशित गरिएको उल्लेख छ।

किस्ताबन्दीको सुविधा

प्राधिकरणले बक्यौता रकम एकैपटक बुझाउन नसक्ने उपभोक्ताहरुलाई अधिकतम २८ महिनासम्म मासिक किस्ताबन्दीको सुविधा दिने जनाएको छ।

कारबाहीको चेतावनी

“तोकिएको समय सीमाभित्र बक्यौता बुझाउन नआएमा नेपाल विद्युत प्राधिकरण, विद्युत महशुल संकलन विनियमावली, २०७८ बमोजिम कारबाही हुनेछ,” प्राधिकरणले चेतावनी दिएको छ।

अघिल्लो निर्णय बदर

डेडिकेटेड तथा ट्रंकलाइनमार्फत विद्युत उपभोग गरेबापत २०७२ माघदेखि २०७५ बैशाखसम्मको बक्यौता सम्बन्धी प्रशासकीय पुनरावलोकनका लागि उपभोक्ताले २०८२ जेठ मसान्तसम्म निवेदन दिन सक्ने म्याद तोकिएको थियो। तर, असोज १० गतेको सञ्चालक समितिको निर्णयअनुसार सो म्यादसहित प्रशासकीय पुनरावलोकनसम्बन्धी सम्पूर्ण प्रक्रिया बदर गरिएको छ।

Related News