·

नारायणी डेभलपमेन्ट बैंकका संस्थापक शेयर बिक्रीमा, इच्छुकलाई ७ दिनभित्र निवेदन दिन आग्रह

Author

NEPSE TRADING

नारायणी डेभलपमेन्ट बैंकका संस्थापक शेयर बिक्रीमा, इच्छुकलाई ७ दिनभित्र निवेदन दिन आग्रह

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका एक संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेका १,९३,८९४ कित्ता संस्थापक शेयर बिक्री गर्ने इच्छा व्यक्त गरेका छन्। बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार आवश्यक प्रक्रिया पूरा गरी उक्त शेयर बिक्रीको काम अघि बढाइरहेको जनाएको छ।

यसअघि बैंकले २०७९/०६/२९ र २०७९/०६/३० गते सूचना प्रकाशित गर्दै संस्थापक समूहभित्रैबाट शेयर खरिद गर्न इच्छुक शेयरधनीहरूलाई प्राथमिकता दिने व्यवस्था अनुसार दाबी पेश गर्न आग्रह गरेको थियो। तर सो अवधिभित्र कुनै पनि संस्थापक शेयरधनीले हकदावी नगरेपछि बैंकले अब अन्य इच्छुक व्यक्तिहरू तथा संस्थाहरूलाई समेत शेयर खरिदका लागि अवसर खुला गरेको छ।

बैंकले दोस्रो पटक प्रकाशित सूचनामार्फत संस्थापक शेयर खरिद गर्न इच्छुक व्यक्तिहरू वा संस्थाहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवश्यक कागजातसहित बैंकको केन्द्रिय कार्यालय, भरतपुर–१०, चितवन मा निवेदन दिनुपर्ने जनाएको छ।

इच्छुकले कति कित्ता शेयर खरिद गर्न चाहन्छन् भन्ने विवरणसहित निवेदन पेश गर्नुपर्नेछ। बैंकले समयसीमाभित्र निवेदन नआएमा नेपाल राष्ट्र बैंकका नियमअनुसार आगामी प्रक्रिया अघि बढाइने उल्लेख गरेको छ।

थप विवरणका लागि बैंकको वेबसाइट www.ndbl.com.np अथवा फोन ०५६–५९००११, ५९००१२ मा सम्पर्क गर्न सकिनेछ।

Related News