·

मर्चेन्ट बैंकिङ्ग एसोसिएसन नेपालको १६औं वार्षिक साधारण सभा सम्पन्न

Author

NEPSE TRADING

मर्चेन्ट बैंकिङ्ग एसोसिएसन नेपालको १६औं वार्षिक साधारण सभा सम्पन्न

मर्चेन्ट बैंकिङ्ग एसोसिएसन नेपालको १६औं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ। प्रारम्भिक रुपमा पोखरामा आयोजना गर्ने तयारी भए पनि हालको राष्ट्रिय परिस्थितिलाई मध्यनजर गर्दै सबै सदस्यहरूको सुरक्षा र सक्रिय सहभागिता सुनिश्चित गर्न राजधानीमै कार्यक्रम सारिएको हो।

सभामा देशभरका सबै मर्चेन्ट बैंकिङ्ग संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ का गतिविधि र उपलब्धिहरूको विस्तृत समीक्षा गरिएको छ भने २०८२/८३ को वार्षिक कार्ययोजना र बजेटलाई अनुमोदन गरिएको छ।

संस्थाले नेपालको मर्चेन्ट बैंकिङ्ग व्यवसायलाई व्यावसायिकता, दिगो वृद्धि र पूँजी बजारमा संस्थागत भूमिकाको सुदृढीकरणमा निरन्तर योगदान गर्ने प्रतिबद्धता दोहोर्याएको छ।

सभामा नेपालको मर्चेन्ट बैंकिङ्ग व्यवसायका वर्तमान चुनौती, अवसर र आगामी रणनीतिक योजनाहरूबारे विस्तृत छलफल भएको थियो। साथै, एसोसिएसनको नामसहित आवश्यक विधेयक तथा नियमावलीमा संशोधनसमेत पारित गरिएको छ।

कार्यक्रममा पूँजी बजारमा मर्चेन्ट बैंकहरूको योगदानलाई अझ प्रभावकारी बनाउन आवश्यक नीतिगत सुधारका विषयमा समेत बहस भएको संस्थाले जनाएको छ।

Related News