एमबिएल इक्विटी फण्डको नेभ घट्दै १०.३६ रुपैयाँमा स्थिर
Author
NEPSE TRADING

एमबिएल इक्विटी फण्ड ले भदौ महिनाको नेभ (नेट एसेट भ्यालु) विवरण सार्वजनिक गरेको छ। माछापुच्छ्रे क्यापिटल लिमिटेडद्वारा सञ्चालित १२ वर्षे बन्द प्रकारको यो म्युचुअल फण्ड योजनाको नेभ भदौ मसान्तसम्म घटेर रु. १०.३६ पुगेको हो। अघिल्लो महिनामा नेभ रु. १०.६० रहेको थियो।
कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार, रु. १.२१ अर्बको प्रारम्भिक कोष आकार रहेको फण्डले सूचीकृत कम्पनीका सेयरमा रु. ९५.६१ करोड लगानी गरेको छ। त्यस्तै, रु. १२ करोड स्थायी निक्षेप योजनामा र रु. १६.०६ करोड बैंक मौज्दातमा रहेको छ।
भदौ महिनामा फण्डले रु. ९५.४८ लाख घाटा ब्यहोरेको छ। तर अघिल्लो साउन महिनामा भने यसले रु. १.९३ करोड नाफा कमाएको थियो।
फण्ड व्यवस्थापकका अनुसार, बजारमा देखिएको अस्थिरता र शेयरमूल्यमा आएको गिरावटले नेभमा असर पारेको हो।



