·

मञ्जुश्री फाइनान्सले १५% नगद लाभांश घोषणा

Author

NEPSE TRADING

मञ्जुश्री फाइनान्सले १५% नगद लाभांश घोषणा

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीहरूलाई गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

कम्पनीको असोज ७ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को संचित नाफा तथा वित्तीय विवरणको आधारमा नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

कम्पनीले प्रष्ट पारे अनुसार प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट आवश्यक स्वीकृति लिएपछि मात्र कार्यान्वयन हुनेछ। त्यसपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि नगद लाभांश सेयरधनीहरूलाई वितरण गरिनेछ।

यस घोषणाले सेयरधनीहरूलाई प्रत्यक्ष लाभ दिने मात्र होइन, बजारमा कम्पनीप्रति लगानीकर्ताको विश्वास पनि थप बलियो बनाउने अपेक्षा गरिएको छ।

Related News