·

पहिलो त्रैमासमै महुली लघुवित्तको नाफामा ७५६३% वृद्धि, आम्दानी र नतिजा दुवै उकासिँदै

Author

NEPSE TRADING

पहिलो त्रैमासमै महुली लघुवित्तको नाफामा ७५६३% वृद्धि, आम्दानी र नतिजा दुवै उकासिँदै

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा उल्लेखनीय वृद्धि भएको छ। संस्थाले सो अवधिसम्म ३ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७५६३.६२ प्रतिशतले बढी हो। अघिल्लो वर्षको पहिलो त्रैमासमा संस्थाले ४ लाख ४९ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो।
सो अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि ३१.९० प्रतिशतले बढेर ११ करोड १३ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, खुद शुल्क तथा कमिशन आम्दानी ७८ लाख १६ हजारबाट बढ्दै १ करोड ५३ लाख रुपैयाँ पुगेको छ। संस्थाको कुल सञ्चालन आम्दानी ११ करोड ९२ लाख रुपैयाँ र सञ्चालन मुनाफा ४ करोड ९२ लाख रुपैयाँ रहेको छ। यी तथ्यांकहरूले महुली लघुवित्तको पहिलो त्रैमासमा वित्तीय स्थिति सुदृढ भएको संकेत गर्छन्।

Related News