महालक्ष्मी विकास बैंकका ग्राहकलाई अरबिका कफी र क्याफिओफिलियामा विशेष छुट सुविधा
Author
NEPSE TRADING

महालक्ष्मी विकास बैंक लिमिटेड (MLBL) ले अरबिका कफी तथा क्याफिओफिलिया भैंसेपाटीसँग साझेदारी गर्दै आफ्ना डेबिट, क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताहरूका लागि विशेष छुट सुविधा ल्याएको छ।
यस सहकार्यअन्तर्गत, काठमाडौं र ललितपुरस्थित विभिन्न अरबिका कफी आउटलेटहरूमा ग्राहकले १५ प्रतिशतसम्म छुट, कफी तथा तातोपेय पदार्थमा १० प्रतिशत छुट र इटालियन फुडमा १५ प्रतिशत छुट पाउन सक्नेछन्।
त्यस्तै, क्याफिओफिलिया भैंसेपाटीमा ग्राहकले बेकरी बाहेकका सम्पूर्ण सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। बैंकका अनुसार, यस सहकार्यले ग्राहकलाई प्रत्यक्ष लाभ हुने र डिजिटल बैंकिङ अनुभव अझ सहज बन्नेछ।
महालक्ष्मी विकास बैंकले हालै आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि विभिन्न ट्राभल एजेन्सीमार्फत टूर प्याकेज खरिद गरी सो रकम ६ देखि १२ महिनासम्मको सजिलो किस्ताबन्दीमा भुक्तानी गर्न सकिने सुविधा पनि सुरु गरेको छ।



