·

पिपुल्स पावरको ३९ लाखभन्दा बढी सेयरको लक–इन अवधि आजदेखि समाप्त

Author

NEPSE TRADING

पिपुल्स पावरको ३९ लाखभन्दा बढी सेयरको लक–इन अवधि आजदेखि समाप्त

काठमाण्डौ । पिपुल्स पावर कम्पनी लिमिटेडको ३९ लाख ७ हजार ९४८ कित्ता सेयरको लक–इन अवधि आजदेखि समाप्त भएको छ। कम्पनीका संस्थापक सेयर, स्थानीय बासिन्दाका लागि जारी गरिएका सेयर र कर्मचारीका लागि सुरक्षित गरिएका सेयर तीन वर्षे लक–इन अवधिबाट मुक्त भएका हुन्।

यसमा ३२ लाख २६ हजार कित्ता संस्थापक सेयर, ६ लाख ३२ हजार ६ सय कित्ता स्थानीय बासिन्दालाई वितरण गरिएको सेयर र ४९ हजार ३४८ कित्ता कर्मचारीलाई सुरक्षित गरिएको सेयर समावेश छन्। कम्पनीले २०७९ साउन ३१ देखि भदौ ५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो भने २०७९ भदौ १२ गते बाँडफाँड भएको थियो।

कम्पनीकाअनुसारसंस्थापकसेयरधनीलेअबखरिदबिक्रीगर्नपाउनेछन्।तरसञ्चालकसमितिमासंलग्नसंस्थापकसदस्यतथाकर्मचारीलेभनेप्रचलितकानूनअनुसारतत्कालखरिदबिक्रीगर्नपाउनेछैनन्।

Related News