·

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एलआईसी नेपालसहित कम्पनीहरूको १ करोड ७० लाखभन्दा बढी योगदान

Author

NEPSE TRADING

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एलआईसी नेपालसहित कम्पनीहरूको १ करोड ७० लाखभन्दा बढी योगदान

भौतिक पूर्वाधार पुनर्निर्माण कोषले आइतबार एलआईसी नेपालबाट १ करोड १० लाख रुपैयाँ योगदान प्राप्त गरेको छ। एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत (CEO) प्रणय कुमारले सो रकमको भौचर अर्थमन्त्री रमेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरेका हुन्।

यो कोष सरकारले भदौ २३ र २४ गते जेन–जेड प्रदर्शनका क्रममा आगजनी तथा तोडफोडबाट क्षति पुगेका संरचनाहरू पुनर्निर्माण गर्न स्थापना गरेको हो।

यससँगै एफवान सफ्ट इन्टरनेशनल, इसेवा र फोनपे पेमेंट सर्भिस लिमिटेडका कर्मचारीहरूले सामूहिक रूपमा ७५ लाख रुपैयाँ योगदान गरेका छन्। एफवान सफ्ट समूहका अध्यक्ष सिद्धान्थ ठकुरीले कात्तिक ३ गते अर्थमन्त्री खनाललाई बैंक चेक हस्तान्तरण गरेका थिए।

अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेका अनुसार आइतबारसम्म पुनर्निर्माण कोषमा जम्मा ९ करोड ३० लाख रुपैयाँ संकलन भइसकेको छ। कोष व्यवस्थापनका लागि राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबार शाखामा १९६०१००१०२०७०००४ नम्बरको छुट्टै बै‌क खाता खोलिएको छ।

सरकारले प्रदेश तथा स्थानीय तह, निजी क्षेत्र, नेपाली तथा विदेशी नागरिक, गैरआवासीय नेपाली, मित्र राष्ट्रहरू, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संस्थाहरूसमेतलाई पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहत अभियानमा सहयोग गर्न आग्रह गरेको छ।

Related News