·

लक्ष्मी सनराइज क्यापिटलका तीन म्युचुअल फन्डको लाभांश वितरणका लागि भदौ ३ गते बुक क्लोज

Author

NEPSE TRADING

लक्ष्मी सनराइज क्यापिटलका तीन म्युचुअल फन्डको लाभांश वितरणका लागि भदौ ३ गते बुक क्लोज

लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले सञ्चालन गरेको तीन म्युचुअल फन्डको आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश वितरणार्थ बुक क्लोज मिति सार्वजनिक गरेको छ।

क्यापिटलको सञ्चालक समितिको निर्णयअनुसार लक्ष्मी उन्नति कोष, सनराइज फर्स्ट म्युचुअल फन्ड र सनराइज फोकस्ड इक्विटी फन्डका इकाइधनीलाई लाभांश वितरण गर्न आउँदो भदौ ३ गते बुक क्लोज गरिने भएको हो। यस मितिभन्दा अघिसम्म नाम दर्ता भएका इकाइधनीहरुले मात्र लाभांश पाउनेछन्।

घोषित लाभांश दरअनुसार, लक्ष्मी उन्नति कोषले २० प्रतिशत, सनराइज फर्स्ट म्युचुअल फन्डले १४ प्रतिशत र सनराइज फोकस्ड इक्विटी फन्डले १३.५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ।

यसअघि नै लक्ष्मी सनराइज क्यापिटलले सञ्चालन गरेका लक्ष्मी भ्यालु फन्ड–२ र सनराइज ब्लुचिप फन्डको लाभांश घोषणा भइसकेको छ।

Related News