·
गरिमा विकास बैंकको संस्थापक शेयर खरिद आवेदनको आज अन्तिम दिन
Author
NEPSE TRADING

गरिमा विकास बैंक लिमिटेडले साउन ५ गतेदेखि बिक्रीमा राखेको १ लाख ४७ हजार ८३४.६५ कित्ता संस्थापक शेयर खरिदका लागि आवेदन दिने समयसीमा आज (भदौ ८ गते) समाप्त हुने भएको छ।
यो शेयर हाललाई बैंककै विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र बिक्री खुला गरिएको हो। इच्छुकले शेयर खरिद गर्नका लागि बैंकको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौंमा आवेदन दिनुपर्नेछ।
बैंकले जानकारी दिएके अनुसार तोकिएको समयसम्म आवश्यक आवेदन नपरेमा उक्त शेयरलाई संस्थापक शेयरधनीभन्दा बाहिरका इच्छुक व्यक्तिहरूलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइनेछ।



