·
कुमारी क्यापिटल लिमिटेड : १७ प्रतिशत नगद लाभांश
Author
NEPSE TRADING

कुमारी क्यापिटल लिमिटेड (KCL) आफ्नो सातौं वार्षिक साधारण सभा (AGM) आगामी भदौ २५ गते बस्ने भएको छ। सभा कुमारी क्यापिटल लिमिटेड, नक्साल, काठमाडौंमा सोही दिन साँझ ५:०० बजे सुरु हुने कम्पनीले जनाएको छ।
सभाले बोर्ड अफ डाइरेक्टरले प्रस्ताव गरेको १७ प्रतिशत नगद लाभांश (कर सहित) पारित गर्नेछ। उक्त लाभांशको कुल रकम ६ करोड ८० लाख रुपैयाँ बराबरको हुनेछ।
यसका साथै, आर्थिक वर्ष २०८१/८२ को वित्तीय प्रतिवेदन स्वीकृत गर्ने, तथा आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका एजेन्डामाथि पनि सभाले निर्णय गर्नेछ।



