·

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने

Author

NEPSE TRADING

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने

कुमारी बैंक लिमिटेडका एक संस्थापक शेयरधनीले आफूसँग रहेका १,३२२ कित्ता संस्थापक शेयर बिक्री गर्न इच्छा व्यक्त गरेका छन्। बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार उक्त शेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापक शेयरधनीमै रहने व्यवस्था गरिएको जनाएको छ।

यस सम्बन्धमा इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिदेखि ३५ दिनभित्र कुमारी क्यापिटल लिमिटेड, नक्साल, नागपोखरी वा कुमारी बैंकको प्रधान कार्यालय, टंगालमा आवेदन दिनुपर्नेछ।

शेयरको मूल्य विक्रेताले तोकेको दरमा रहने बैंकले जनाएको छ। तोकिएको समयमा विद्यमान संस्थापक शेयरधनीबाट आवेदन नपरेमा भने संस्थापक बाहिरका अन्य व्यक्तिहरूलाई शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने जानकारी समेत बैंकले दिएको छ।

Related News