एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओ आजदेखि निष्काशन खुला
Author
NEPSE TRADING

काठमाडौं । जेन–जी आन्दोलनका कारण स्थगित भएको एसवाई प्यानल नेपाल लिमिटेडको प्राथमिक शेयर (IPO) निष्काशन आज असोज ७ गतेदेखि खुला भएको छ।
कम्पनीले भदौ १७ गते नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरका ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।
स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्टै भाग
यस अन्तर्गत,
२ लाख ६१ हजार ६२९ कित्ता (२ प्रतिशत) साधारण शेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। यो शेयरमा चितवन जिल्ला, रत्ननगर नगरपालिकाका सम्पूर्ण वडाका बासिन्दाले आवेदन दिन सक्नेछन्।
४ लाख ९७ हजार ९२ कित्ता (करिब ५ करोड रुपैयाँ बराबर) साधारण शेयर वैदेशिक रोजगारीमा रहेका श्रम स्वीकृति प्राप्त नेपालीका लागि छुट्याइएको छ।
स्थानीय बासिन्दाका लागि निष्काशन असोज २१ गतेसम्म (छिटोमा) र कात्तिक ९ गतेसम्म (ढिलोमा) खुला रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने निष्काशन असोज १० गतेसम्म (छिटोमा) र असोज २१ गतेसम्म (ढिलोमा) रहनेछ।
अन्य व्यवस्थापन
कम्पनीले आफ्ना कर्मचारीका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता शेयर सुरक्षित गरेको छ।
यस आईपीओको निष्काशन तथा बिक्री व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले तोकिएको समयसीमाभित्र आवेदन दिई आईपीओमा सहभागिता जनाउन सक्नेछन्।



