·

हिमालयन बैंकको संस्थापक सेयर बिक्रीमा

Author

NEPSE TRADING

हिमालयन बैंकको संस्थापक सेयर बिक्रीमा

हिमालयन बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले ९ जना संस्थापक सेयरधनीको नाममा रहेको कुल २ लाख १४ हजार ४९२.६७ कित्ता सेयर बिक्रीको लागि सार्वजनिक जानकारी गराएको हो।

बैंकले जनाएको अनुसार, हालका लागि उक्त सेयर केवल संस्थापक सेयरधनीहरूले मात्र खरिद गर्न पाउनेछन्। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र काठमाडौं, कमलादीस्थित हेरिटेज प्लाजामा रहेको बैंकको कानुन विभागमा निवेदन दिनुपर्नेछ।

सेयरको मूल्य भने बिक्रेताअनुसार फरक–फरक हुने भएकाले सो सम्बन्धी थप विवरणका लागि बैंकको कानुन विभागमा सम्पर्क गर्न आग्रह गरिएको छ।

यस्तै, तोकिएको समयभित्र पर्याप्त आवेदन नआएमा सर्वसाधारण लगानीकर्ताका लागि पनि उक्त सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

Related News