·
गुराँस लघुवित्तले १५% लाभांश घोषणा, १४.२५% बोनस र ०.७५% नगद
Author
Nepse trading

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL) ले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
यस लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारण सभाले पारित गर्नेछ। त्यसपछि मात्र शेयरधनीहरूले लाभांश प्राप्त गर्नेछन्।



