·

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको हकप्रद जारी गर्न तेस्रो साधारणसभा पुस १४ गते

Author

NEPSE TRADING

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको हकप्रद जारी गर्न तेस्रो साधारणसभा पुस १४ गते

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्ने प्रस्ताव अनुमोदन गराउन आफ्नो तेस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको आइतबार बसेको बैठकले आगामी पुस १४ गते मोरङको विराटनगरस्थित होटल एयरपोर्टमा बिहान ११ बजेबाट सभा सञ्चालन गर्ने निर्णय गरेको हो।

सभामा हाल कायम ७५ करोड रुपैयाँ चुक्तापूँजीको १०० प्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। साथै, आवश्यक परे अधिकृत, जारी र चुक्तापूँजी वृद्धि गर्ने प्रक्रिया अगाडि बढाउने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने अर्को विशेष प्रस्ताव पनि सभामा प्रस्तुत गरिने कम्पनीले जनाएको छ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले यही मंसिर २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोज मितिभन्दा अघिसम्म शेयरधनी सूचिमा नाम रहेकाहरू मात्र सभामा भाग लिन र हकप्रद शेयरका लागि योग्य हुनेछन्।

कम्पनीले हकप्रद जारीपछि पूँजी आधार थप मजबूत भई बीमा सेवा विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

Related News