सुनको मूल्य तोलाको एक लाख ९१ हजार पुग्यो
Author
NEPSE trading

नेपाली बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रू एक लाख ९१ हजार पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।
आइतबार प्रतितोला रू एक लाख ८९ हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज रू एक हजार दुई सयले बढेको हो। त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला रू एक हजार नौ सय ६० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च छ। आज सुन प्रतिऔंस तीन हजार तीन सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ। सुनको मूल्यमा आएको यो उछालले स्थानीय बजारमा लगानीकर्ता र उपभोक्ताहरूको ध्यान खिचेको छ।
महासङ्घका अनुसार, अन्तर्राष्ट्रिय बजारको प्रभाव र स्थानीय मागका कारण सुनको मूल्यमा वृद्धि भएको हो। बजार विश्लेषकहरूले आगामी दिनमा पनि सुनको मूल्यमा उतारचढाव जारी रहने अनुमान गरेका छन्।



